बिहिबार, बैशाख १३, २०८१

तलेजु भवानीको दर्शनको लागि प्रातकालदेखिनै भक्तजनको भीड

काठमाडौ असोज २८,
सर्वसाधारणका लागि वर्षमा एकपटक मात्र दर्शनका लागि महानवमीका दिन खुल्ने राजधानीको हनुमानढोका दरवारस्थित देवी तुलजा भवानीको मन्दिर अर्थात तलेजु भवानीको दर्शन तथा पूजा अर्चनाको लागि प्रातकालदेखिनै भक्तजनको भीड लागेको छ ।

तलेजु भवानी दर्शनका लागि लाममा लागेकाहरुलाइ सहजता पूर्वक देवीको दर्शन गर्न दिइन्छ । सर्वसाधारणलाई भवानीको दर्शनका लागि इन्द्रचोक र न्यूरोडतर्फबाट गरी दुईतिरबाट लाइन लगाइएको छ।

त्यस्तै आजै जिवीत देवी कुमारीलाई पनि तुलजा भवानीको दर्शन गराइने परम्परा अनुरुप राजधानीको हनुमानढोका दरवारस्थित देवी तुलजा भवानीको मन्दिरमा आज जिवीत देवी कुमारीलाई दर्शन गराइने भएको छ ।

तुलजा देवीको दर्शनका लागि श्री कुमारीलाइ बसन्तपुरस्थित कुमारीघरबाट विधि पूर्वक >L कुमारीलाई तलेजु मन्दिर लैजाने कार्यक्रम रहेको थाहा भएको छ ।