बिहिबार, बैशाख ६, २०८१

जसपाबाट मन्त्री परिषदमा सहभागी हुने व्यक्तिको छनौट गर्ने जिम्मा शीर्ष तीन नेतालाई

काठमाडौं असोज २०,
काँग्रेस सभापति शेर वहादुर देउवा नेतृत्वको गठबन्धन सरकारका सत्ता साझेदार दल जनता समाजवादी पार्टीको तर्फबाट मन्त्री परिषदमा सहभागी हुने व्यक्तिको छनौट गर्ने जिम्मा कार्यकारिणी समितिको बैठकले शीर्ष तीन नेतालाई दिएको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएकोहो । जसपाले भौतिक पूर्वाधारसहित चार मन्त्रालय पाउने भएको छ।

सत्तारुढ गठबन्धनले मंगलबार मन्त्रालय बाँडफाँटमा सहमति जुटेसंगै मन्त्री बन्ने व्यक्तिको छनैटमा तिव्रता आएको हो ।