बिहिबार, बैशाख ६, २०८१

गाधीको अनुदानमा प्राप्त हुने कोभिड विरुद्धको फाइजर खोप कार्तिक ८ गते नेपाल भित्रिने

काठमाडौं कार्तिक ५ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको फाइजर खोप कार्तिक ८ गते नेपाल भित्रिने जनाएको छ । माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने गाभीले अनुदानमा उपलब्ध गराएको उक्त खोप भण्डारको लागि युनिसेफको सहयोगमा प्राप्त १०० लिटर क्षमताको ४ वटा फ्रिजरमा भण्डार गरिने जानकारी समेत मन्त्रालयले दिएको छ।

अनुदानमा प्राप्त फाइजर खोप नेपालमा ट्रयालको रुपमा प्रयोग गरिने जनाउदै मन्त्रालयले नेपालमा माइनस तापक्रममा खोप भण्डारण गर्ने भौतिक पूर्वाधार नभएकाले युनिसेफको सहयोगमा प्राप्त् फ्रिजरमा भण्डार गर्न लागेको जानकारीदिएको हो।

त्यस्तै सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज खरिद सम्झौता यसअघि गरिसकेको छ। उक्त खोप भण्डारणका लागि समेत व्यवस्थापन महाशाखाले भौतिक पूर्वाधार निर्माण गर्नका लागि आवश्यक पूर्वाधारको तयारी समेत सरकारले गरिहेको जनाएको छ। साथै खोप नेपाल भित्रिसंगै कुन समूहलाई दिइने हो सको जानकारी सार्वजनिक गरिने समेत मन्त्रालयले जनाएको छ।