मङ्लबार, बैशाख ४, २०८१

कोभिडको त्राससंगै दशैं मनाउन उपत्यका छाड्नेभन्दा भित्रिने यात्रुको संख्या बढी

काठमाडौँ असोज १७,
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस वर्ष दशैं मनाउन काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु घटेको जनाएको छ । पछिल्लो समय कोभिड महामारीको त्राससंगै दशैं मनाउन घर जाने यात्रुको संख्यामा कमी आएको हुन सक्ने अड्कल सहित उपत्यका छाड्नेभन्दा भित्रिने यात्रुको संख्या बढी देखिएको जाएको हो ।

त्यस्तै महाशाखाको तथ्यांक अनुसार असोज १५ गते ६ हजार ५०० सवारीसाधनबाट २ लाख २७ हजार ५०० यात्रु उपत्यका छाडेर बाहिरिएका छन् भने सोही दिन ६ हजार ८०० सवारीसाधनमा २ लाख ३८ हजार यात्रु उपत्यका भित्रिएको जनाएको छ । त्यस्तै यातायात व्यवसायी महासंघले समेत उपत्यका भित्रिने भन्दा बाहिरिने यात्रु कम रहेको जनाएको छ ।