शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं प्रशासनले भन्यो- सभा, सम्‍मेलन गर्न प्रतिबन्ध लगाइएको छैन

काठमाडौं असोज १५ ,
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा सभा, सम्‍मेलन र धार्मिकरसांस्कृतिक मेला, जात्रा, पर्व लगायत चाड पर्व लक्षित अन्‍य क्रियाकलापहरु स्वास्थ्य मापदण्डको पालना गरी गर्न प्रतिबन्ध नलगाएको स्पष्ट पारेको छ ।

जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले आज एक विज्ञप्ति जारी गर्दै ‘जिल्ला प्रशासन कार्यालयले मिति २०७८र०६र१४ गतेदेखि लागु हुने गरी जारी गरेको आदेशको बुँदा नम्बर १[क]मा उल्लेखित विषयमा सार्वजनिक रुपमा चासो, चिन्ता र अभिव्‍यक्तिका सम्‍बन्धमा ध्‍यानाकर्षण भएको छ।

काठमाडौं प्रशासनले कोभिड संक्रमणको जोखिम कायमै रहेको भन्दै नेपाल सरकार मन्त्रिपरिषद्‌को निर्णय एवं प्रचलित कानुनले दिएको अधिकार प्रयोग गरी यसअघि जारी गरिएको आदेशको निरन्तरताको रुपमा उक्त आदेश जारी गरिएको र उक्त आदेशले कुनै पनि प्रकारका सभा, सम्‍मेलन, धार्मिकरसास्कृतिक मेला, जात्रा पर्व लगायत चाडपर्व लक्षित अन्‍य क्रियालापहरु स्वास्थ्य मापदण्ड पालना गरी गर्नरगराउन कुनै बन्‍देज नलगाएको स्पष्ट पारेको छ ।

यसअघि असोज १४ गते स्थानीय प्रशासनले विज्ञप्ति जारी गरेर आदेशको बुँदा १ ९क०मा उपत्यकामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोजमा प्रतिबन्ध लगाएको थियो ।