शुक्रबार, बैशाख ७, २०८१

काठमाडौँ महानगरको ८ तले भवनको शिलान्यास

विरोध र अवरोधका कारण महानगरले तर्जुमा गरेका धेरै योजना अघि बढ्न नसकेको महानगर प्रमुख शाक्यको प्रष्टोक्ति

  ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रुपैयाँ  लागत अनुमान  

काठमाडौँ असोज २५ ,
काठमाडौँ महानगरपालिकाको केन्द्रीय भवनको शिलान्यास भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले टेकु (हाल वातावरण विभाग रहेको ठाउँ) मा भूमिगत तलासहितको ८ तले भवन शिलान्यास गर्नुभएको हो । त्यस अवसरमा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु वडा सदस्यहरु तथा महानगरका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । छ रोपनी क्षेत्रफलमा भवन निर्माण हुन लागेको हो । भवन ६ हजार ६८३ दशमलव ३३ वर्ग मिटर क्षेत्रफलको हुनेछ । यसको अधिकतम ग्राउण्ड कभरेज ४० प्रतिशत हुनेछ ।

भवनमा १० जना क्षमताका दुई वटा लिफ्ट जडान हुनेछन् । भवन ०८० साल असोज मसान्तसम्ममा निर्माण सम्पन्न भइसक्नेछ । समानान्तर निर्माण सेवा प्रा.लि. ले ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रुपैयाँमा भवन निर्माणको जिम्मा पाएको छ । भवनको डिजाइन सहरी योजना आयोग र सिनर्जी इन्जिनियरिङ् प्रा. लि. ले तयार पारेका हुन् ।

भवन शिलान्यास कार्यक्रमलाइ सम्बोधन गर्दै महानगर प्रमुख शाक्यले, आफू निर्वाचित भइसकेपछिको पहिलो कार्यपालिका बैठकले गरेका निर्णय उधुत गर्दै भन्नुभयो, ‘ पहिलो कार्यपालिका बैठकमा काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेका थियौँ । यसअनुसार अधिकांश वडा कार्यालय नवनिर्माण र पुननिर्माण भइसकेका छन् । हामीले हरिभवनमा केन्द्रीय कार्यालय बनाउने भनेका थियौँ । मुद्दामामिलामा अल्झिनु परेकोले त्यहाँ भवन निर्माणको काम थाल्न पाएनौँ । मुद्दा किनारा लागेपछि हामी त्यो भवनको पनि पुननिर्माण गर्ने बताउनुभयो ।

त्यस क्रममा उहाँले निहित स्वार्थका कारण यसवीचमा भएको विरोध र अवरोधका कारण महानगरले तर्जुमा गरेका धेरै योजना अघि बढ्न नसकेको र बढेका योजना पनि रोकिएको अनुभव सुनाउनुभयो । ‘व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको स्वतन्त्र अस्तित्वलाई विकासका सवालमा अन्तरसम्बन्धित बनाउन सकिएन भने लहडका भरमा योजना रोकिने रहेछन् । रानीपोखरी, धरहरा, दरबार हाइस्कुल, कमलपोखरी पुर्ननिर्माणका सृङ्खला यसका उदाहरण भएको बताउनुभयो ।

कार्यक्रममा ं सांसद कृष्णगोपाल श्रेष्ठले, समयमा भवन निर्माण सम्पन्न भएर नागरिकले सुविधा सम्पन्न ठाउँबाट सेवा लिन पाउने अपेक्षा गर्नुभयो । सरकारका पात्र परिवर्तन भइरहन्छन् तर स्वीकृत कार्यक्रम नियमित चलिरहन्छ । यसको दिगोपनाका लागि कर्मचारीहरुले चनाखो हुनुपर्ने बताउनुभयो । भवन भुकम्पीय सुरक्षाका कोणबाट दरिलो र बाहिरबाट हेर्दा आकर्षक हुने उहाँको अपेक्षा थियो ।
समयमा काम गर्न पाइएन । ढिलै भए पनि केन्द्रीय भवन शिलान्यास गर्न पायौँ । यो हाम्रो कार्यकालका लागि सुखद क्षण हो । कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, महानगरका नीतिको कार्यान्वयनबाट देखिने विकास महसुस हुन थालेको बताउनुभयो ।
छरिएका कार्यालयहरुबाट सेवा व्यवस्थापन गर्न कठिन भएको थियो । केन्द्रीय कार्यालय निर्माण भएपछि सेवा व्यवस्थापनमा सहजता हुने बताउनुभयो ।

करीब ६ रोपनी क्षेत्रफलमा बन्ने भवनको भूमिगत तलामा ३० वटा गाडी र ८० वटा मोटरसाइकल पार्किङ गर्न सक्ने ठाउँ हुनेछ । मेकानिकल प्रविधिको प्रयोगबाट भूमिगत तलामा थप २५ वटा गाडी पार्किङ् गर्न सकिनेछ ।
सहरी योजना आयोगमा उपाध्यक्ष सरोज बस्नेतकाअनुसार भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग, वरिपरि खुल्ला ठाउँ र मौलिक वास्तु शैली भवनका मुख्य विशेषता हुन् । प्रत्येक तलामा कार्यालयहरू, बैठक हल, प्रशासन÷ कर्मचारी÷ आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागि आवश्यक स्थान छुट््याइएको छ । इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार पहुँचयोग्य शौचालयको सुविधा र विपदको समयमा प्रयोग हुन सक्ने आपतकालीन मार्ग तथा सुरक्षित भ¥याङ् भवनका थप विशेषता हुन् ।
आकाशे पानी संकलन तथा संकलित पानीको शुद्धिकरण प्रणाली सहितको रिचार्ज पिट डिजाइनमा समावेश गरिएको छ । भवनको जमिन तलादेखि ७ तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुनेछ भने आठौँ तलामा २ सय जना क्षमताको एउटा र १ सय जना क्षमताको एउटा गरी २ वटा छुट्टाछुट्टै सभा कक्ष निर्माण गरिने जानकारी दिइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930