बिहिबार, बैशाख १३, २०८१

काठमाडौँ कांग्रेसको आज महानगरपालिका सहित १० नगरपालिकामा अधिवेशन हुँदै

    शाक्य रञ्जितवीच कडा प्रतिष्पर्धा हुँदै

काठमाडौं असोज १६,
काठमाडौँ कांग्रेसको आज पालिका अधिवेशन हुँदैछ । क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै अनुसार आज पालिका अधिवेशन हुन लागेको हो ।

त्यस्तै निर्वाचन समितिका अनुसार आज दक्षिणकाली नगरपालिका वाहेक काठमाडौ महानगरपालिकासहित १० नगरपालिकामा निर्वाचन हुने जनाउदै दक्षिणकाली नगरपालिका २ कोे क्रियाशील सदस्यता विवाद कायमै रहेकाले उक्त पालिकामा आज निर्वाचन सम्पन्न गर्न नसकिएको जनाएको छ ।

यसैवीच आज हुँदै गरेको पालिका निर्वाचन अन्र्तगत काठमाडौं महानगरपालिकाको सभापतिमा दुई जना आकांक्षीवीच प्रतिष्पर्धा हुने भएको छ। काँग्रेस संस्थापन पक्षबाट नेपाल तरुण दल महानगरको संस्थापक सचिव समेत रहेका युवा नेता प्रगतिमान रञ्जित उम्मेदवार रहेका छनभने संस्थापन इतर समूहबाट काठमाडौं महानगरपालिका वडा न २५ का वडाअध्यक्ष समेत रहेका निलकाजी शाक्य उम्मेदवार रहेका छन ।

यसअघि काठमाडौं कांग्रेस महानगर समितिको बाह्रौं र तेह्रौं महाधिवेशनको समयमा समेत हुन नसकेको काठमाडौं महानगरको अधिवेशन १४ महाधिवेशन अन्र्तगत आज हुँदै गर्दा सवैकाँग्रेस जनमा निकै चासो बढेको अवस्था छ ।

त्यस्तै स्थापन इतर समूहका उम्मेदवार नीलकाजी शाक्यलाइ पूर्वमहामन्त्री प्रकाशमान सिंह, काठमाडौं जिल्ला सभापति सबुज बानियाँले साथ दिएका छन्भने अर्का उम्मेदवार रञ्जितलाई भने संस्थापन समूहका नेताहरु सहमहामन्त्री डा प्रकाशशरण महत, काठमाडमौंका पूवै सभापति एवमे सासंसद भीमसेनदास प्रधान, केन्द्रीय सदस्यहरू ध्यानगोविन्द रञ्जित, अम्बिका बस्नेत, किरण गिरीलगायतले समर्थन रहेको बुझिएको छ।