शुक्रबार, बैशाख १४, २०८१

कांग्रेस महाधिवेशन कार्यतालिकामा हेरफेर केन्द्रीय महाधिवेशन २४ देखि २६ गतेसम्म काठमाडौमा हुने

काठमाडौं कात्तिक ११,
नेपाली कांग्रेसको आसन्न् १४औँ महाधिवेशनको पूर्व निर्धारितकार्यक्रम फेरबदल भएको छ। यसअघि मङ्सिर ९ देखि १३ मा हुने भनिएको महाधिवेशनको मिति केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले आगामी मङ्सिर २४ देखि २६ गतेसम्म सम्पन् गर्ने गरि कार्य तालिका फेरबदल गरेको हो ।

पार्टीको केन्द्रीय निर्वाचन समितिको बैठक पछि जारी विज्ञप्तिमा वडा तहदेखि प्रदेशसम्मका सम्पूर्ण निर्वाचन सम्पन्न गरेर आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौमा १४ औँ महाधिवेशन सम्पन्न गर्दै केन्द्रीय महाधिवेशन गर्ने उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्त्मिा सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लाको वडा अधिवेशन कात्तिक २७ गतेका लागि तोकिएको छ भने गाउँ नगरपालिका अधिवेशन कात्तिक ३० गते सम्पन्न गर्ने कार्यतालिका तय भएको उल्ल्ेख गरिएको छ। त्यस्ते प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर ३ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मङ्सिर ६ गते र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन भएको जिल्लाको अधिवेशन मङ्सिर १० गते सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

यस्तै सोलुखुम्बु, दार्चुला र म्याग्दीको प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २७ गते र जिल्ला अधिवेशन मङ्सिर १ गते सम्पन्न गर्नेगरी मिति तोकेको छ । जुम्ला जिल्लाको भने जिल्ला अधिवेशन मङ्सिर १ गते हुनेछ ।

वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका काठमाडौ लगायतका ४६ जिल्लाको प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मङ्सिर ६ गते र जिल्ला अधिवेशन मङ्सिर १० गते सम्पन्न गर्नेगरी समय तोकिएको छ । कांग्रेसले प्रदेश अधिवेशन भने मङ्सिर १६ र १७ मा गर्ने जनाएको छ । रौतहट र रसुवा जिल्लाको क्रियाशील सदस्यता विवाद भने हालसम्म टुङ्ग्याउन सकेको छैन ।