बिहिबार, चैत्र १५, २०८०

एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर तेस्रो साता बुटवलमा हुने

काठमाडौंअसोज १७,
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारबाट सुरु भएको प्रथम विधान महाधिवेशन आज सम्पन्न भएको छ ।

सम्पन्न विधान महाधिवेशनले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन मंसिर तेस्रो साता बुटवलमा हुने घोषणा गर्नुको अलावा डा विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ ।

त्यस्तै विधान महाधिवेशनमा एमालेले पार्टीको एप्स् पनि सार्वजनिक गर्दै उक्त एप्स्मार्फत पार्टी सदस्यताका लागि निवेदन फारम, नवीकरणदेखि पार्टीका सबै गतिविधिहरु नेता तथा कार्यकर्ताहरुमा जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ।