बिहिबार, बैशाख १३, २०८१

उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडौ असोज २०,
काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो ।

काठमाडौँ उपत्यका बढ्दो सवारी साधनको भाडा तालिका अनुसार शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म रु १८, १० किलोमिटरसम्म रु २३, १५ किलोमिटरसम्म रु २७, २० किलोमिटसम्म रु ३० र २० किलोमिटरभन्दा माथि रु ३५ भाडादर कायम हुने उल्लेख गरिएको छ।