शुक्रबार, बैशाख ७, २०८१

उपत्यकाका २२२ सहित देशभर ७०८ जना कोभिड संक्रमितको पहिचान,११ को मृत्यु

काठमाडौं कार्तिक ५ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको २४ घण्टामा देशभर ७०८ जनामा कोभिड संक्रमितको पहिचान भएको जनाएकोछ । देशभरका प्रयोगशालामा गरिएको ९ हजार ३७ जनाको पिसिआर र एन्टीजेन परीक्षणको क्रममा पिअिसार परीक्षण तर्फ ५७४ र एन्टीजेन परीक्षणतर्फ १३४ जना गरि मा ७०८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो।

त्यस्तै देशभर ९३२ संक्रमित निको भई डिस्चार्ज भएको जानकारीदिनुको अलावा यसवीचमा ११ जना संक्रमितको मृत्यु भएको र १० हजार ९४६ जना कुल संक्रमित रहेको जानकारी दिएको छ।

यसैवीच आज पुटि भएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा २२२ जना संक्रमित रहेको जानकारी दिएको छ । थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी १७१ जना भक्तपुरमा १८ र ललितपुरमा ३३ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930