शुक्रबार, चैत्र १६, २०८०

अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मतदान हुने

काठमाडौं कात्तिक ५ ,
नेकपा एमालेको विभाजनसंगै अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार प्रदेशसभा बैठकमामतदान हुने भएको छ । आज प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने सहमति भएको हो ।

शुक्रबारको बैठकमा भने मुख्यमन्त्री राईले प्रदेशसभासमक्ष विश्वासको मत माग्नेछन् । त्यसपछि मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा दलीय प्रतिनिधित्वको आधारमा नेताहरुले धारणा राख्ने कायैसूची तय भएको बुझिएको छ।

यसअघि सरकारको नेतृत्व गरेको दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानत व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले असोज २५ गने प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको थियो । तर, सूचना टाँस गरेर संसद बैठक कात्तिक ५ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

९२ सदस्य कायम रहेको प्रदेशसभामा सरकारको पक्षमा सभामुखबाहेक ४० जनाको मात्र समर्थन देखिएको छ । काँग्रेस माओवादी केन्द्र लगायतकोविपक्षी गठबन्धनमा स्पष्ट बहुमत रहेको अवस्था रहेको छ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने क्रममा तत्काल कायम रहेको प्रदेशसभा बैठकको बहुमतबाट प्रस्ताव पारित नभएको अवस्थामा मुख्यमन्त्री पदमुक्त हुने व्यवस्था गरिएको छ।

त्यस्तै अल्पमतमा रहेकी बाग्मती प्रदेशका मुख्यमन्त्री अष्ट लक्ष्मी शाक्यले पनि विश्वासको मत लिन गरेको प्रस्तावमाथि आवश्यक छलफ पछि प्रदेशसभा बैठक कात्तिक १० गतेसम्मलाई स्थगित गरिएको छ। कार्तिक १० गते यसप्रदेशमा पनि मुख्यमन्त्रीको छिनोफानो हुने भएको छ।