शनिबार, बैशाख ८, २०८१

अन्तत प्रम देउवा नेतृत्वको गठबन्धन सरकारले पायो पूर्णता

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

काठमाडौं असोज २२ ,
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अन्तत पूर्णता पाएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबाहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

यस्तो छ विस्तारित मन्त्रिपरिषद संरचना :

यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई आजै शपथ ग्रहण गराउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम  मन्त्रिपरिषदका सदस्यहरुलाइ राष्ट्रपति कार्यालयमा शपथ गराउनुभएको हो ।