सोमवार, बैशाख ३, २०८१

समाजिक सञ्जाल फेसबुक सेवा प्रदायक कम्पनीको नाम परिवर्तन

काठमाडौं कात्तिक १२,
सर्वाधिक चर्चित समाजिक सञ्जाल फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेको छ। फेसबुक इन्क नामको कम्पनीलाई अब मेटा कायम गरिएको छ ।

फेसबुकका सिइओ मार्क जुकरबर्गले कम्पनीको भर्चुअल कन्फरेन्स मार्फत बिहीबार नयाँ नाम घोषणा गरेको जनाउदै समाचार संस्था रोयटर्सले नयाँ ब्रान्डिङ गर्न फेसबुकले आफ्नो नाम परिवर्तन गरेको जनाएको छ।

फेसबुक इन्कले फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपलगायत सामाजिक सञ्जाल चलाउँदै आएको छ। प्यारेन्ट कम्पनीको नाम परिवर्तन भए पनि ती सामाजिक सञ्जालको नाम भने परिवर्तन नहुने बताइएको छ।

अमेरिका र अरू विभिन्न मुलुकका कानुन निर्माता र नियामक निकायहरूले फेसबुकमाथि निगरानी कडा पारेका बेला जुकरबर्गले कम्पनीको रिब्रान्ड गर्न नयाँ नाम घोषणा गरेका हुन्। मेटाभर्स बनाउनका लागि फेसबुकले यसअघि नै युरोपमा १० हजार नयाँ कर्मचारी राख्ने घोषणा गरेको थियो।