काठमाडौँ असोज १९,
काँग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारका सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच आज भएको छलफल पछि कुन दलले कुन मन्त्रालय लिने भन्ने विषमा सहमति जुटेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच पछि यस्तो सहमति बनेको हो ।
सहमति अनुसार कांग्रेसका अव पाउने मन्त्रालयमा सञ्चार, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने भएको छ । कांग्रेसले यसअघि गृह, परराष्ट्र, कानुन मन्त्रालय र स्वास्थ्य राज्यमन्त्री पनि लिइसकेको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी मन्त्रालय पाउने भएको भ। यसहघि माओवादीले अर्थ र ऊर्जा मन्त्रालयमा मन्त्री पाइसकेको छ ।
नेकपा एकीकृत समाजवादीले रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको छ ।
त्यस्तै जसपाले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने सहमति भएको बुझिएके छ।