मङ्लबार, जेष्ठ १०, २०७९

संसद बैठकमा प्रतिपक्षी दल नेकपा एमालेको अवरोध कायमनै ,संसद बैठक २ साताका लागि स्थगित

काठमाडौं कात्तिक ११,
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अवरोधका कारण आज पनि प्रतिनिधि सभा बैठक अवरुद्ध भएको छ। बैठक शुरु भएसंगै संसदीय मर्यादा कायम गर्नुपर्ने, संवैधानिक सर्वोच्चता कायम गर्नुपर्नेजस्ता नारा लगाउँदै एमाले सांसदले बैठकमा अवरोध गरेका हुन्। यद्यपी एमालेको अवरोधबीच नै सभामुख सापकोटाले संसदको कामकारबाही अगाडि बढाउँदै सभामुख सापकोटाले बाढीपहिरोलगायतका विषयमा महत्वपूर्ण छलफल गर्नुपर्ने भएकोले संसद सञ्चालन गर्न सहयोग गर्न एमालेलाई आग्रह गरेका थिए।

जारी अवरोधकावीच सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त उद्योग मन्त्रीले राजीनामा दिएको र उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई नै तोकिएको पत्र सभामुख सापकोटाले पढेर बैठकलाइ जानकारी दिएका थिए। त्यसलगत्तै प्रधानमन्त्रीका तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु पछि संसदको अर्को बैठक कात्तिक २९ गते सोमबार दिउँसो १ बजेम्मका लागि स्थगित गरिएको हो  ।

स्मरण रहोस ,एमाले फुटाउन भूमिका खेलेको आरोप एमालेले सभामुख अग्निप्रसाद सापकोटामाथि लगाउँदै आएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930