बिहिबार, बैशाख ६, २०८१

यहि ढंगवाट पार्टी चल्ने हो भने काँग्रेसले प्रजापरिषदको नियती भोग्नु पर्ने : नेता सिंह

काठमाडौ असोज १६,
नेपाली काँग्रेसको १४औं महाधिवेशनका लागि केन्द्रीय सभापतिको निर्वाचन लड्ने घोषणा गर्नुभएका काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले काँग्रेसमा अव पनि नेतृत्व परिवर्तन नहुँने हो र यहि ढंगवाट पार्टी चल्ने हो भने काँग्रेसले प्रजापरिषदको नियती भोग्नु पर्ने बताउनुभयो ।

काँग्रस महानगर समितिको अधिवेशनको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै नेता सिंहले पार्टीको हरेक तह र तप्कामा आमुल सुदृढीकरणसंगै संगठनलाई मजबुत बनाउन आफूले केन्द्रीय सभापति पदमा दाबी गरेको बताउनुभयो ।

त्यस्तै उहाँले आफुले पहिलो निर्वाचित महामन्त्रीको जिम्मेवार सम्हालेको स्मरण सहित आफुलाइ पछिल्लो समय गणेशमान सिंहको परिवार भएकै कारण सधैं त्याग गर्न मात्र आग्रह आउने गरेको भन्दै उहँँले काँग्रेसमा ए काँग्रेस, बी कँग्रेस र सी काँग्रेस मौलाएको तर नेपाली काँग्रेस खोज्नुपर्ने अवस्था आएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

साथै सम्बोधनको क्रममा नेता सिंहले तत्कालीन ‘शाही आयोग गठन गर्दा राजालाई पहिलो चुनौती दिने व्यक्ति आफु भएको स्मरण सहित गणेशमान र मंगलादेवीको छोराले राम्रै गरेर गयो भन्ने बाहेक मेरो अरु इन्ट्रेस्ट् नभएको र यसपटक आफु पार्टीको केन्द्रीय नेतृत्वको लागि पछि नहट्ने बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930