बिहिबार, मंसिर २३, २०७८

बाढी, पहिरो र डुबानमा परी १११ को मृत्यु, ४२ घाइते, ३७ जना बेपत्ता

काठमाडौं   कात्तिक ५,
अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढी पहिरोमा परी प्रदेशन न १ मा ६५ जना, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १ सय ११ जनाको मृत्यु भएको हो ।
त्यस्तै प्रदेशन न १मा २१ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ जना घाइते भएको र उनिहरुको स्थानीय अस्पताल उपचार भइरहेको जनाउदै विभिन्न प्रदेशमा वेपत्ता भएका ३७ जनाको खोजी कार्य जारी रहेको जानकारी दिएको छ ।

साथै बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् भने ७८ वटा घर, १६ वटा गोठ, ६ वटा पुल, १ वटा विद्यालय र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको जनाउदै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्दै आएको जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930