काठमाडौं कात्तिक १४,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४०८ जना कोभिड संक्रमित थपिएको जनाएको छ । देशभर गरिएको ७ हजार ८९९ पिसिआर र २ हजार १६८ जनाको एन्टीजेन परीक्षणको क्रममा ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै मन्त्रालयले आज देशभर ५१८ संक्रमित डिस्चार्ज भएको जनाएको छ भने यसवीचमा ८ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ। साथै देशभर ९ हजार ३७६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।