सोमवार, बैशाख ३, २०८१

न्यून चापीय तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव: नेपालमा अझै केही दिन निरन्तर वर्षा

काठमाडौ कात्तिक २,
मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा निरन्तर हल्कादेखि मध्यम वर्षा भइरहेको ​जनाएको छ।

​त्यस्तै महाशाखाले पाकिस्तान, भारत हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायु अहिले नेपालको पूर्वी भागतर्फ सरिरहेको जनाउदै यहि मौसमी प्रणालीको प्रभावका नेपालमा अझै केही दिन रहनुको अलवा अझै केही दिन निरन्तर वर्षाको संभावना रहेको जनाएको छ ।

साथै काठमाडौ उपत्यकामा समेत आज विहान देखिनै बदली रहनुका साथै वर्षा भइरहेको जनाउनुको साथै देशको पश्चिमी भेगमा भारी वर्षा भइरहेको जनाएको छ । महाशाखको पछिल्लो विवरण अनुसार यसवीचमा दिपायलमा १६६, डडेलधुरामा १५५, घोराहीमा १३३, भैरहवामा ११२, धनगढीमा ९० र पोखरामा ५६ मिलिमिटर वर्षा भएको उल्लेख गरिएको छ।

त्यस्तै मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी ३ दिनको मौसमी बुलेटिनमा उल्लेख भएअनुसार मंगलवार दिउँसो देशभर सामान्यदेखि पूर्णबदली रहनुको अलावा प्रदेश नं १, प्रदेश नं २ बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जनर चट्याङसहित वर्षाको सम्भावना संगै देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि हिमपातको सम्भावना रहेको जनाएको छ ।

साथै, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का केही स्थान र प्रदेश नं २, लुम्बिनी र कर्णाली प्रदेशका एकाध स्थानमा भारी वर्षाको समेत सम्भावना औल्याउँदै रातिको समयमा पनि प्रदेश नं १ र लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकाध दुई स्थानमा मेघ गर्जन÷चट्याङसहितको वर्षाको सम्भावना रहेको जनाएको छ ।