मङ्लबार, जेष्ठ १०, २०७९

निर्देशनविपरीत काम गर्ने तीनवटा वाणिज्य बैंक र ५ वटा फाइनान्सलाइ कारबाही

काठमाडौं कात्तिक ८,

नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । निर्देशनविपरीत काम गरेको भन्दै नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरेको, प्राथमिकता प्राप्त कर्जा पर्याप्त प्रवाह नगरेको र सिसिडी अनुपात कायम नगरेकाले कम्पनीहरुलाई कारबाही गरेको जनाएको छ । राष्ट्र बैंकले बंगलादेश बैंकलाई ३० हजार, प्रभु बैंकलाई ३५ हजार र हिमालयन बैंकलाई दुईपटक गरी कुल ३० हजार २१ रुपैयाँ जरिवाना गरेको छ ।

त्यसैगरी, केन्द्रीय बैंकले गैरस्थलगत निरीक्षणको आधारमा विभिन्न फाइनान्स कम्पनीलाई पनि जरिवाना तिराएको छ । राष्ट्र बैंकले फाइनान्स कम्पनीलाई कुल निक्षेपको पाँच प्रतिशत राष्ट्र बैंकमा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेकोमा सो नगरेकाले जरिवाना तिराएको हो । राष्ट्र बैंकले समृद्धि फाइनान्सलाई पहिलोपटक एक सय ३८ रुपैयाँ २७ पैसा, गुडवील फाइनान्सलाई भदौमा अनिवार्य मौज्दात कायम नपरेबापत दुई हजार आठ सय सात रुपैयाँ ९९ पैसा जरिवाना तिराइएको छ ।

त्यस्तै, सिटी एक्सप्रेस फाइनान्सलाई दुई लाख ५९ हजार सात सय ५१ रुपैयाँ, जानकी फाइनान्सलाई ३१ लाख ९२ हजार तीन सय आठ रुपैयाँ पर्याप्त विपन्न वर्ग कर्जा प्रवाह नगरेकाले जरिवाना तिराइएको छ । त्यस्तै, राष्ट्र बैंकले विपन्न वर्गको कर्जा पर्याप्त प्रवाह नगरेकोमा ललितपुर फाइनान्सलाई सात लाख ११ हजार (प्रथम त्रैमास),ललितपुर फाइनान्सलाई ६ लाख ६७ हजार (दोस्रो त्रैमास) र ललितपुर फाइनान्सलाई ६ लाख ७८ हजार (तेस्रो त्रैमास) जरिबाना गरेको हो

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930