मङ्लबार, जेष्ठ १०, २०७९

जाली नोट बनाउन प्रयोग हुने उपकरण सहित महतो पक्राउ

महोत्तरी कात्तिक ११
ईलाका प्रहरी कार्यालय गौशालाले गौशाला नगरपालिका-५ गौशाला बजार डेरा गरी बस्ने सोही नगरपालिका-९ डुमरवाना घर भएका ४४ वर्षीय सुकन महतोलाई नेपाली तथा भारतीय जाली नोट तथा जाली नोट बनाउन प्रयोग हुने उपकरण सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

महतोले जाली नोट बनाउन प्रयोग हुने उपकरण सहित विभिन्न दरका नेपाली र भारतीय नोट छापेको भन्ने सूचनाको आधारमा बाट खटिएको प्रहरीले नोट बनाउन प्रयोग हुने उपकरण, नेपाली तथा भारतीय कटिङ गरिएको र नगरिएको नक्कली नोटहरू, सक्कली नेपाली तथा भारतीय नोटहरू सहित उनलाई पक्राउ गरेको हो ।

उक्त ठाउँबाट तयारी तथा कटिङ नगरेको विभिन्न दरको नोट गरी ८ लाख ८२ हजार ४ सय २० नक्कली नेपाली रुपैयाँ, विभिन्न दरको कटिङ गरिएको र नगरिएको नोट गरी २ लाख ७७ हजार ९ सय ७० नक्कली भारतीय रुपैयाँ, विभिन्न दरको नोट गरी ५ हजार ७० नेपाली सक्कली रुपैयाँ, विभिन्न दरका नोट गरी २६ सक्कली भारतीय रुपैयाँ, १ थान कैची, १ थान प्रिन्टर, १ थान रवर स्टाम्प, लालीगुराँस छाप भएको फलामको ३ थान ढ्याक, महात्मागान्धी छाप भएको फलामको १ थान ढ्याक, ३ रिम कम्प्युटर पेपर, २ थान काठको ट्रेस फर्मा र १ थान मोबाईल बरामद भएको छ जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930