बिहिबार, मंसिर २३, २०७८

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

काठमाडौ असोज ३०,
बारा, जितपुरसिमरा उपमहानगरपालिका २३ भोलहीस्थित सडकमा ना.३ ख ७५९४ नम्बरको ट्यांकरले बिआर ०६ सिक्यू ४१४१ नम्बरको कारलाई गएराति ठक्कर दिँदा कारमा सवार चालक मोतिहारी पुर्बी चम्पारन भारत घर बस्ने ३४ वर्षीय राजन सराफ सहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको वयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

फरार ट्यांकर चालकको प्रहरीले खोजी गरिरहेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका- १५ वनढाटस्थित सडकमा ना.६ ख ७६९ नम्बरको बसले ना.५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्युहुनेहरुमा हेटौंडा उपमहानगरपालिका बस्ने १८ वर्षीय प्रकाश दियाली र सोही उपमहानगरपालिका बस्ने २२ वर्षीय सुशान्त दियाली रहेका छन् ।  दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिया, बढैयाताल गाउँपालिका९३ स्थित सडकमा हाल नम्बर नखुलेको स्कुटरको ठक्करबाट सोही ठाउँ बस्ने ७८ वर्षीया सोरावती रग्देलको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने स्कुटरको प्रहरीले खोजी गरिरहेको छ ।

सप्तरी, खडक नगरपालिका ४ अमहास्थित सडकमा बा।५६ प २५१५ नम्बरको मोटरसाइकल र स.५ प ८४३४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा हाल नाम,थर, वतन नखुलेका २ जना पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको सप्तऋषी अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रौतहट, दुर्गा भगवती गाउँपालिका  ४ स्थित सडकमा बिआर ३० वाई ९०४७ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिदै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930