शनिबार, असार १८, २०७९

चौतर्फी विरोध पछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त हमालले पदबाट दिए राजीनामा

काठमाडौं असोज २४,

प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वकोमन्त्रिपरिषदमा गत २२ असोजमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन्।

गैह्रसांसद उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हमालले ३ दिनमानै राजीनामा घोषणा गर्नुलाई अर्थपूर्ण मानिएको छ। यसअघि तत्कालीन प्रम केपी ओलीले गैह्रसांसद युवराज खतिवडालाइ आफु नेतृत्वको मन्पिरिषद मा नियुक्त गर्दै अर्थमन्त्रालयको जिम्मेवारी दिनभएको थियो ।

तर यसपटक प्रधानमन्त्री देउवाले झण्डै तीन महिना लगाएर विस्तार गरेको मन्त्रिपरिषदमा नियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हमाल विरुद्ध सर्वोच्चका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको नाम जोडेसंगै प्रस्तुत नियुक्ति विवादास्पद बनेको हो । साथै मन्त्री हमाले आफ्नो नियुक्रिका कारण सर्वत्र विरोध शुरु भएसंगै अन्तत राजीनामा दिने घोषणा गनुभएको हो ।

यसैवीच राजीनामाको घोषणासंगै प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर उद्योगमन्त्री गजेन्द्र हमाल प्रम देउवालाइ राजीनामा दिनुभएको र र उहाँको राजीनामा स्वीकृत समेत भएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930