सोमवार, बैशाख ३, २०८१

एमालेको जारी विधान महाधिवेशन: समूहगत छलफल पछि पार्टी नेतृत्वले जवाफ दिने क्रम शुरु

काठमाडौं असोज १७,
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनको तेस्रो दिनमा पार्टीको राजनीतिक, साङ्गठनिक र विधान संशोधनसम्बन्धी प्रस्ताविमाथि दश वटै समूहले सुझाव दिने क्रम सकिएको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै उहाँले प्रतिवेदनहरुमाथि आएका सुझावहरुमाथि एमाले अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल र उप महासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिने क्रम सुरु भएको जानकारी दिदै उहााले यसवीचमा एकै व्यक्ति दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाइने र ७० वर्षको उमेर हद, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको संवैधानिक व्यवस्थालगायतका विभिन्न प्रस्ताव आएको बताए ।

यसैवीच जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा छलफल पछि एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपिएको छ । समूहगत छलफलपछि जवाफ दिनेक्रममा पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताउनुभएकोहो । यो संगै अब एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव सहितको पार्टीगत संरचना बन्ने बुझिएको छ।