शनिबार, माघ १५, २०७८

आज देवी महालक्ष्मीको पूजा आराधना सहित कोजाग्रत पूर्णिमा मनाइदै

ॐ ह्रीं श्री क्रीं क्लीं श्री लक्ष्मी मम गृहे धन पूरये,
धन पूरये, चिंताएं दूरये-दूरये स्वाहा:

शुभ विजया दशमीको अन्तिम दिन

काठमाडौ कात्तिक २,
आज विजया दशमीको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमा । आजको दिन धनसम्पतिकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेमा धनधन्य परिपूण भइन्छ भन्ने धार्मिक विश्वास रहेको छ । त्यस्तै आजको दिनमा देवीदुर्गाका तीन रुपम ध्येका एक रुप सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी को जागेको छ रु भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ। यही विश्वासका कारण आज राति गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्दछन्।

प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादसैं आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा-आराधना गरी विसर्जन गरिँदैछ।दसैँको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दसैंघर र कोतमा राखिएका जमरा आज विसर्जन गरिन्छ।

कोजाग्रत पूर्णिमाका अवसरमा आजसम्म नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत एवं कार्तिक स्नान भने बुधबारदेखि सुरु हुने समितिले जनाएको छ ।

कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ। कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूणिर्मासम्म अर्थात् एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पूजाअर्चना गर्ने धार्मिक प्रचलनअनुसार भोलिदेखि आकाशदीप बाल्ने र कात्तिक स्नान गर्ने गरिन्छ ।

कोजाग्रत पूर्णिमाको अवसरमा पोखराको प्रसिद्ध धार्मिक एवं पर्यटकीय महत्व बोकेको तालबाराही मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ्र मनोरम फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा कोजाग्रत पूर्णिमाको अवसरमा दर्शन गर्नाले मनोकाक्षा पूरा हुने एवं दुःख नास हुने विश्वासका साथ टाढाटाढाबाट समेत दर्शनार्थीहरू आउने गर्छन ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930