काठमाडौं भाद्र २९ ,
ढिलैभएपनि औषधि व्यवस्था विभागले भारतीय औषधि उत्पादक कम्पनी युमेडिकाको सबै औषधि नेपाल आयातका लागि रोक लगाएको छ। विभागले युमेडिकाले नेपालमा बिक्रि गर्दै आएको युझोलिन–१००० औषधिमा गम्भीर लापरबाही भेटिएसंगै यस कम्पनीको तर्फबाट उत्पादित सवै औषधिमा रोक लगाएको हो । यस समाचार पार्टलले गत भाद्र ९ गते औषधि व्यवस्था विभागका तत्कालीन महनिर्देशक भरत भट्टराइलाइ महाराजगञ्ज शिक्षण् अस्पतालस्थित सोविका फर्मा स्यिुटिकल्समा युमेडिकाले बाहिर युझोलिन–१००० नाम र भित्र फरक औषधि युरोक्झीम–७५० राखेर बिक्रि वितरण गरेको पाइएको थियो।
त्यसलगत्तै युझोलिन–१००० भेटिएको गम्भीर लापरवाइको सवालमा औषधि व्यवस्था विभागका महानिर्देशकलाइ महानिर्देशकज्यू कर्मकाण्डी मात्रै कि कारवाही सहितको ठोस कार्य सम्पादन पनि ? शिर्षकमा लेखेको खुला पत्र लगायतका समाचार संगै आज उक्त कम्पनीको उत्पादनमा रोक लगाउनुको अलावा युमेडिकाको एउटा उत्पादनको लाइसेन्स समेत रद्द गर्नु आफैमा स्वागत योग्य कदम प्रमाणित भएको छ । जेहोस यसपटक भने औषधि व्यवस्था विभागले जनजनको अपेक्षा अर्थात औषधिको नाममा मानव स्वास्थ्यमा प्रत्यक्ष वा परोक्ष खेलवाद गर्ने कम्पनीमाथि कर्मकाण्डीमात्रै नभइ तारिफ योग्य कदमको शुरुवात गरेको छ ।
युमेडिकाको सवालमा समाचार प्रकाशित भएको केहि समयमा नै तत्कालीन महानिर्देशक भटटराइलाइ महनिर्देशकको जिम्मेवारीबाट हटाउँदै विभागमा यसअघि महानिर्देकको जिम्मेवारीमा रहेका नारायण ढकाललाइ ल्याइएको थियो । तत्कालीन महानिर्देशक भट्टराइको कार्यकालमा युझोलिन–१००० औषधि प्रकरण भएको हो। यद्यपी यसअघि उक्त औषधिको बिक्रि वितरण तत्काल रोक्न नेपालका लागि आधिकारिक आयातकर्ता रहेको फर्मा डाइनामिक प्रालिलाई फिर्ता गर्न निर्देशन दिए पनि ठोस कारवाही नभएको भन्दै सर्वत्र विभागीय कदमको आलोचना भएपछि विभागले सुक्ष्म अध्ययन सहित कारवाही यो कदम चालेको हो। विभागका अनुसार युमेडिकाको कैफियत देखिएको औषधिमाको विक्रि वितरणमा तत्कालाइ रोक लगाउँदै बाँकी उत्पादनको लाइसेन्स भने पछि स्वीकृत भएको अवस्थामा निरन्तरता दिने सक्ने संभावा सहित निलम्बन गरिएको जनाएको छ ।