शनिबार, बैशाख ८, २०८१

निषेधाज्ञा: परिमार्जित व्यवस्था सहित भाद्र मसान्त सम्म जारी रहने गरि नयाँ आदेश जारी

स्थानीय तह र जिल्ला कोभिड संकट व्यबस्थान केन्द्रसँगको समन्वयमात्र विद्यालय सञ्चालन गर्न पाइने

काठमाडौ भाद्र १६ ,
काठमाडौं उपत्यकामा ३ वटै जिल्ल प्रशासन कार्यालयका प्रजिअहरुको आज बसेको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञाको समय सिमा आज मध्य रात्रीबाट सकिदै गर्दा जारी निषेधाज्ञामा केहि परिमार्जन गर्दै आगामी भाद्र मसान्त सम्म जारी रहने गरि नयाँ आदेश जारी गरेको छ। समग्रमा स्वास्थ्य प्रोटोकल पालना गरेर दैनिकी अघि बढाउँने गरी धेरै क्षेत्र खुला गर्दै जारी निषेधाज्ञाको अन्त्य गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको निर्णय , कोभिड संकट व्यवस्थापन अध्यादेशको दफा ४ र स्थानीय प्रशासन ऐन २०२८को दफा ६ को उपदफा ३ अनुरुप प्रशासनले आज जारी आदेशमा काठमाडौं उपत्यकामा कोभिडको जोखिम अझै कायम नै रहेका कारण शैक्षिक संस्था भौतिकरुपमा सञ्चालन गर्न गराउन नपाइने तर सञ्चालन गर्ने पर्ने अवस्था भए स्मार्ट लकडाउनको अवधारणा अनुरुप स्थानीय तह र जिल्ला कोभिड संकट व्यबस्थान केन्द्रसँगको समन्वय गरेर मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्न पाइने व्यवस्था गरेको छ।

  त्यस्तै  जारी आदेश अनुरुप अनावश्यक भिडभाड , सभा जुलुस ,जात्रा महोत्सव माथिको निषेध कायमनै राखेको छ भने चाडपर्व मनाउँदा स्वास्थ्य प्रोटोकल अनुसार साङ्ककेतिक वा न्यूनतम सहभागितामा माgfpg    भनेको छ। त्यस्तै स्थानीय ढुवानी विहान ९ बजेबाट ११ बजेसम्म् र ४ बजेबाट ७ वजे सम्म मात्र गर्न भनेको छ।