मङ्लबार, बैशाख ११, २०८१

१३ जिल्लाको सदस्यता विवाद निरुपणका लागि काँग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं असोज ८,
नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । शुक्रबार बिहान १० बजेबाट सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशन केन्द्रीत एजेन्दामा छलफल हुने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएकोछ । यसअघि बिहीबार बसेको पदाधिकारीको बैठकले असोज १८ गतेभित्र २१ जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो ।

समाचार स्रोतका अनुसार आजको बैठकले १३ जिल्लाका क्रियाशील सदस्यताको विवाद निरुपण गर्दै दसैंअगाडि नै यी जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसक्ने तयारी रहेको बुझिएको छ।

स्मरण रहोस ६४ जिल्लाको वडामा वडा अधिवेशन सम्पन्न हुँदै गर्दा क्रियाशील सदस्यताको विवादका कारण ’प्रदेश नम्बर २ को का ८ सहित विभिन्न १३ जिल्लामा अधिवेशनको हुन सकेको छैन । त्यस्तै वडा अधिवेशन सम्पन्न भएक जिल्लामा शनिबार गाउँ नगर अधिवेशन गर्ने कार्य तालिका रहेको छ।