मङ्लबार, चैत्र ६, २०८०

०४६जन आन्दोलनका सर्वोच्च कमाण्डर सिंहको २४ औँ स्मृति दिवस मनाइदै

[फाइल फोटो]

काठमाडौं असोज २,
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवा एवम् २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रह लाइ सहर्ष अस्वीकार गर्दै आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो ।
विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता सिंहको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बन्नुभएको हो ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मनुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । लौहपुरुष गणेशमान सिंहको २४औँ स्मृति दिवसका अवसरमा आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थांिगै कामपा वडा न१५स्थित शोभाभगवती मन्दिर परिसरमा रहेको स्व सिंहको शालिकमा गणेशमान सिंह फाउण्डेशनले माल्यार्पण कार्यक्रमको आयोजना गरिएको छ ।

माल्यार्पण कार्यक्रममा स्व सिहंका सुपुत्र एवम काँग्रेस नेता प्रकाशमान सिंह लगायतका ेताहेको स्व सिंहको सालिकमा माल्यार्पण गर्दै नेपालको गणले माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।