बुधबार, बैशाख १२, २०८१

हरितालिका तीज पर्व देखि पशुपतिनाथ मन्दिर खुला गरिने

[फाइल फोटो]

काठमाडौ भाद्र १८ ,
कोभिड कहरको बढ्दो संक्रमणका कारण गत बैशाख १६ बाट जारी निषधाज्ञासंगै बन्द गरिएको पशुपतिनाथ मन्दिर हरितालिका तीज पर्व लक्षित गर्दै खोल्ने तयारी भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

लामो समय यता देखि बन्द रहेको मन्दिर खुला गर्न कोषले सरकोकारवाला मन्त्रालय, विभाग र प्रशासनसंगै परामर्श भइरहेको जनाउदै संभवत हरितालिका तीज पर्व देखि मन्दिर खुला गरिएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्दै भौतिक दूरी कायम गरी मन्दिरमा भक्तजन प्रवेश गराइने तयारी भइरहेको कोषका अधिकारीहरुले जाएको छ।