शुक्रबार, चैत्र १६, २०८०

सासंद बैद्यले काँग्रेस महाधिवेश रोक्न माग गदै दायर रिट खारेज

काठमाडौ भाद्र २४ ,
नेपाली काँग्रेसको आसन्नन १४ औं माहाधिवेशन रोक्न माग गर्दै दायर रिट खारेज भएको छ ।नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले बढ्दो कोभिड महामारीकावीच अधिवेशन गर्नु उपयुक्त नभएको जनाउ सहित उक्त अधिवेशन रोक्नु पर्ने माग गर्दै दायर गर्नुभएको थियो ।

त्यस्तै दायर रिट निवेदनको नुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आज रिट निवेदन खारेज गर्ने फैसला गरेको सर्वोच्च अदालतको दैनिक पेसीसूचीमा उल्लेख गरिएको छ ।