शनिबार, बैशाख ८, २०८१

सर्वदलीय बैठक शुरु, प्रमुख प्रतिपक्षदल एमाले अनुपस्थित

काठमाडौं असोज १४,
संसद बैठकमा हुँदै आएको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज आव्हान गर्नु भएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतो लगायत नेताहरू सहभागी छन् ।

प्रमुख प्रतिपक्षी एमालेले भने बैठक बहिष्कार गरेको छ । एमालेले आफूले हटाएका १४ सांसदलाई कारवाहीको सूचना टाँस गरी सभामुखले मार्गप्रसस्त नगरेसम्म संसद गतिरोधलाई लिएर डाकिएका कुनै पनि बैठकमा सहभागी नहुने जनाउ सहित बैठकम अनुपस्थित भएको बुझिएको छ।