बुधबार, बैशाख १२, २०८१

संसद्को गतिरोध अन्त्यका लागि प्रम देउवाले वोलाए सर्वदलीय बैठक

काठमाडौं  १३ असोज,
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक आव्हान गर्नुभएको छ । बिहीबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटरमा  संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाउनुभएको हो ।

बैठकमा मुलत संसद् सञ्चालनमा देखिएको गतिरोध हटाई बैठक सञ्चालन गर्ने तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्ने तयारी रहेको जानकारी दिदै प्रमको सचिवालयले कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी , जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई आमन्त्रण गरिएको जानकारी दिएको छ ।