शनिबार, बैशाख ८, २०८१

संविधान दिवस :राष्ट्रपतिद्वारा ५२३ कैदीबन्दीलाई माफी

प्रधानमन्त्री , विदेशी राष्ट्राध्यक्ष र सरकारप्रमुख संगै विभिन्न दलका नेताहरुद्वारा शुभकामना

काठमाडौं असोज ३ ,
०७२ असोज ३ गते आजकै दिन मुलकका प्रथम राष्ट्रपति डा रामवरण यादवले जारी गर्नु जनताका प्रतिनिधिद्वारा निर्माण गरी संविधानसभाबाट जारी भएको नेपालको संविधान जारी भएको सातौँ वर्ष पुगेको छ ।

संविधान जारी भएको दिनको परम्परालाइ मनन गर्दै मनाइने संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न ८ कैदीबन्दीको सजाय माफी दिनुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को भाद्र २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले पूर्णबहादुर भनिने किशोर भण्डारीसमेतका आठ जनाको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय माफी गर्नुभएको उल्लेख गरिएको छ ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसुर [सजाय निर्धारण तथा कार्यान्वयन] ऐन, २०७४, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतले २०७७ साउन १९ गते गरेको फैसलालगायतका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुको कैद मिनाहा गरी माफी दिइएको हो । त्यस्तै दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख प्रधानमन्त्री , विदेशी राष्ट्राध्यक्ष र सरकारप्रमुख संगै विभिन्न दलका नेताहरुले समेत शुभकामना दिनुभएकोछ ।