मङ्लबार, बैशाख ११, २०८१

वाणिज्य बैंकको निक्षेप ब्याजदर दोहोरो अङ्कमा वृद्धि, कुन बैकको कति ?

काठमाडौ असोज १,
वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर दोहोरो अङ्कमा पुर्‍याएका छन् । वाणिज्य बैंकहरूले आज देखि लागु हुने गरी सार्वजनिक गरेको बढ्दो नयाँ ब्याजदर सार्वजनिक सूचना नै जारी गर्दै निक्षेप तथा कर्जा दुवैको ब्याज बढाएको जनाएका छन । बढ्दो ब्याजदर परिवर्तन सँगै निक्षेपकर्तालाई फाइदा भएपनि बैंकबाट ऋण लिनेलाई ब्याजको थप भार थपिएको छ।

त्यस्तै सावैजनिक सूचनामा उल्लेखभएअनुसार बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको जनाएको छ । सार्वजनिक ब्याजदरअनुसार बैंक अफ काठमाडौँले ८ दशमलव ७७ प्रतिशत, नेपाल बङ्गलादेश बैंकले आठ दशमलव ७६ प्रतिशत, माछापुच्छे बैंकले ८ दशमलव ७५ प्रतिशत, एभरेष्ट बैंकले आठ दशमलव ६१ प्रतिशत, एनआईसी एसिया बैकले ८ दशमलव ६ प्रतिशत, नेपाल एसबीआई बैंकले ८ दशमलव ५५ प्रतिशत, सिभिल बैंकले ८ दशमलव ५५, कुमारी बैंकले आठ दशमलव ५१ प्रतिशत, कृषि विकास बैंकले ८ दशमलव ५ प्रतिशत, प्रभु बैंकले ८ दशमलव २५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ०६ प्रतिशत, नेपाल बैंकले ८ दशमलव ०५ प्रतिशत, सिटिजन्स बैंकले ८ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७ दशमलव ५५ प्रतिशत ब्याजदर कायम गरिएको जनाएका छन् ।

त्यस्तै सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी १० दशमलव ७ प्रतिशत ब्याज दिने भएको छ । सबैभन्दा कम ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंक ७।५ प्रतिशत रहेको छ । बैंकहरूले सार्वजनिक गरेका सूचनानुसार प्राइम कमर्सियल बैंकले संस्थागत मुद्दति निक्षेपतर्फ अधिकतम ९ दशमलव ७५ प्रतिशत तथा मेगा बैंकले ९ दशमलव ५५ प्रतिशतसम्म व्याज दिने उल्लेख गरेका छन् ।

त्यसैगरी एनएमबी बैंकले ९ दशमलव ५२, सानिमा बैंकले नौ दशमलव ५१, ग्लोबल आईएमई बैंकले ९ दशमलव ५० प्रतिशत नबिलले साधारणमा नौ दशमलव २६ प्रतिशत, एनसिसी बैंकले ९ दशमलव २६ प्रतिशत, सेञ्चुरी बैंकले नौ दशमलव २५, हिमालयन बैंकले ९ प्रतिशत, सिद्धार्थ बैंकले नौ दशमलव ०५ प्रतिशत, इन्भेष्टमेन्ट बैंकले ९ दशमलव ०२ प्रतिशत र लक्ष्मी बैंकले ९ प्रतिशत ब्याज दिने बताएका छन् ।