शुक्रबार, चैत्र १६, २०८०

वडाध्यक्ष श्रेष्ठको निधनले सिङ्गो काठमाडौं काँग्रेस मर्माहत : सभापति बाँनिया

काठमाडौं भाद्र २९,
अर्बुद रोगको उपचारको क्रममा भएका काठमाडौं महानगरपालिका वडा न १९का जनप्रिय वडाध्यक्ष शशीलाल श्रेष्ठको स्मृतिमा आज शोक सभा कार्यक्रमको आयोजा गरिएको छ । वडाध्यक्ष स्व श्रेष्ठको निधन भएको १३ औ दिनको पुण्यतिथिमा काठमाडौं महानगर वडा न१९ कार्यसमितिले शोकसभाको आयोजा गरेको हो ।

शोकसभामा संविधान सभाका पूर्वसदस्य राज्यलक्ष्मी श्रेष्ठ , नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राजुराज जोशी र काठमाडौं काँग्रेसका सभापति कृष्ण सबुज बाँनियालले जनप्रिय वडाध्यक्ष श्रेष्ठको निधनले वडा न १९ लाइमात्र नभइ सिङ्गो काठमाडौं काँग्रेस मर्मात भएको बताउँनुभयो । साथै उहाँँलेहरुले विकासप्रेमी अध्यक्ष श्रेष्ठको भावी सपालाइ साकार बनाउँन उहाँको जस्तै जोश र जुझारुपन छवी भएको नेतृत्वको आवश्यकता समेत औल्याउँनुभयो ।

कठमाडौं काँग्रेस महानगर वडा न१९ कार्यसमितिका सभापति समेत रहेका वडाध्यक्ष श्रेष्ठको गत भाद्र १७ अपरान्ह अर्बुद रोगको उपचारको क्रममा निधन भएको थियो । शोक सभामा वडा स्थानीयसंगै नेपाली काँग्रेसका विभिन्न तह र तप्काको जिम्मेवारीम रहेका व्यक्ति विशेषको उपस्थिती रहेको थियो ।