बिहिबार, बैशाख १३, २०८१

राष्ट्रिय सहमतिबाट मात्रै एमसीसी पारित हुने नेताहरुको जनाउ

काठमाडौं भाद्र २५,
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग नेपाल भ्रमणमा रहेको अमेरिकी परियोजना एमसीसीका उपाध्यक्ष फतिमा सुमारको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले भेट गरेको छ । भेटमा अध्यक्षले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताए । उनले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धन सरकारलाइ बलियो बनाउनु रहेको बताउनु भएको छ।

त्यस्तै उपाध्यक्ष सुमारले भेटवार्ताको त्र,ममा आफू नेपाल कुनै दबाबका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको भन्दै एमसीसीको सवालमा राजनीतिक दलहरूले सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको बताएको प्राप्त समाचामा उल्लेख गरिएको छ।

यसैवीच विहीवार नेकपा एमालेका अध्यक्ष केपी ओलीसंग पहिलो भेटवार्ता गर्दै उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न सहयोग गर्न आग्रह गरेकी छन् ।

बिहीबार नेपाल भ्रमणमा आएकी उनले पहिलो राजनीतिक भेटघाट विपक्षी दलका नेता ओलीबाटै गरेकी थिइन् । ओली निवास बालकोटमा भएको उहाँहरुवीचको भेटवार्ताको क्रममा पूर्व प्रम समेत रहेका अध्यक्ष ओलीले आफु सरकारको नेतृत्वमा रहँदा एमसीसी सम्झौता पारित गर्न प्रयास गरे पनि सफल नभएको भन्दै पछिल्लो समय एमसीसी सम्झौताका विषयमा आफूहरुको भन्दा सत्तारुढ दलको भूमिका महत्वपूर्ण हुने बताएको थियो ।

त्यस्तै विहिवारनै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसंग भएको भेटवार्ताको क्रममा नेता नेपालले राष्ट्र हितविपरीतका कुनै पनि अनुदान स्वीकार्न नसकिने भन्दै नेपालमा एमसीसीलाइ लिएर अनेकन प्रश्न र विवाद जन्मिएकाले अहिलेकै अवस्थामा स्वीकार्न नसकिने बताएका थिए ।