बिहिबार, चैत्र १५, २०८०

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं असोज ८,
सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध दायर भएका रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

अधिवक्ता अर्जुनकुमार अर्याल, सकुन्तला भुसाल, निवेश लम्साल, अनुपा अर्याल, प्रवेश केसी, श्रीकान्त बराललगायतले भाद्र ४ गते दायर रिटको ुनवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले कारण देखाउ आदेश र लिखित जवाफ मागे पनि तत्काल अन्तरिम आदेश गर्न अस्वीकार गरेको हो ।

त्यस्तै जारी आदेशमा सर्वोच्चले अध्यादेशको औचित्यबारे जवाफ दिन सबै विपक्षीहका नाममा आदेश भने जारी गरेको छ ।