बिहिबार, बैशाख १३, २०८१

यी हुन काँग्रेस महानगर समिति हाँक्न तम्सिएका सभापतिका आकंक्षी उम्मेदवारहरु

काठमाडौं  १३ असोज,
काठमाडौं कांग्रेसको आगामी शनिवार हुने महानगर समितिको निर्वाचनमा पार्टीको संस्थापन र इतरपक्षका उम्मेदवारबीच आ-आफ्नो उम्मेदवारीलाइ लिएर निकै चर्चा चुलिएको छ ।

वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरू मतदाता हुने यस निर्वाचनमा उनीहरूको मतदानबाटै सभापति सहित दुई उपसभापति, दुई सचिव र दुई सहसचिवका पदाधिकारी र सदस्यहरू निर्वाचित गरिने र निर्वाचित सदस्यहरू मध्येबाट एकजना कोषाध्यक्ष मनोनित हुने काँग्रेसको विधानत व्यवस्था रहेको छ।

प्राप्त पछिल्लो जानकारी अनुसार काठमाडौं काँग्रेस महानगर समितिको सभापतिका लागि निलकाजी शाक्य , प्रगति मान रञ्जित र सुविर खनालले आंकक्षा व्यक्त गर्दै आ-आफ्नो उम्मेदवारी घोषणा गरेका छन । यसमध्ये महानगरपालिका वडा २५ को वडाध्यक्ष समेत रहेका शाक्य चाक्सीवारी निकटको उम्मेदवार मानिन्छ । उनले आफ्नो उम्मेदवारी घोषणाको क्रममा आफु ४ दशक भन्दा लामो समय देखि अविचलित पार्टाीमा क्रियाशील रहेको र पार्टी प्रतिको आफ्नो वफादारीलाइ यसपटक प्रतिनिधिहरुले कदर गर्ने विस्वास रहेको जनाउ दिएका छन ।

 त्यस्तै सभापतिका आकंक्षी रञ्जितले आफु  कुनै गुट उपगुटमा नरहेको र सिङ्गो काँग्रेस सगठनको सवली करणका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै  आफ्नो उम्मेदारीप्रति काठमाडौं काँग्रेसका पूराना र जन अनुमोदित नेताहरुको समर्थन रहेको  जनाउ दिएका छन । साथै उहाँले  अवको काँग्रेसलाइ गुटगत राजनितिको धरातल भन्दा माथि उठाउँन आवश्यक रहेको बताए । त्यस्तै अर्का सभापतिका आकंक्षी खनालले आफ्नो अनुभव र विषयत दक्षता संगठनलाइ समर्पण गर्दै हाम्रो काँग्रेस राम्रो काँग्रेस मात्र नभइ सवै अट्ने र सवैलाइ जोड्ने काँग्रेस बनाउँने आफ्नो एकमात्र अभिष्ट रहेको बताए ।

यसवीचमा संस्थापन पक्षका उम्मेदवार भनेर कुनै उम्मेदवार सतहमा आएको अवस्था छैन । घोषित उम्मेदवार मध्ये २ जना उम्मेदवारले गुटगत राजनितिको धरातल माथिको प्रसंग उठान गरेका छन भने एक जना काँग्रेस केन्द्रीय सभापतिको उम्मेदवारीको तयारीमा रहेका प्रकाशमान सिं निकटका उम्मेदवारका रुपमा काँग्रेस वृतमा चर्चा चुलिएको छ। यद्यपी निर्वाचनको लागि अझै केहि दिन बाँकी रहेकाले संस्थापन तर्फबाट समेत उम्मेदवार घोषणा गर्ने वा घोषित उम्मेदवार मध्ये कुनै एकलाइ  समर्थन गर्ने भन्ने सुक्ष्म अध्यन सहितको  तयारीमा रहेको काँग्रेस जनहरुले बताए