शुक्रबार, चैत्र १६, २०८०

मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउने क्रियाकलापमा संलग्न भए कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं भाद्र २०,
गृहमन्त्रालयले पछिल्लो समय राजधानी र आसपासका क्षेत्रमा छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउने गरी कार्य नगर्न आग्रह गर्दै त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

साथै नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा सरकार कटिवद्ध रहेको उल्लेख गर्दै मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ । जारी विज्ञप्तिमा उल्लेख गर्दै यसवीचमा सिर्जित समस्याको हकमा लाइ मित्रराष्ट्रहरुसँग वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएका र भविष्यमा पनि यही गरिने उल्लेख गरिएको छ ।