शनिबार, बैशाख ८, २०८१

महानगर वडा न.१९ का जनप्रिय वडाध्यक्ष श्रेष्ठको अन्त्येष्टि

काठमाडौ भाद्र १८ ,
विहिवार अपरान्ह अर्बुद रोगको उपचारको क्रममा असामयिक निधन भएका काठमाडौं महानगरपालिका वडा न १९का जनप्रिय वडाध्यक्ष शशीलाल श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मृदभाषी ,शालीन र सरल स्वभावका व्यक्तित्व वडाध्यक्ष श्रेष्ठको पार्थिव शरिरमा श्रेष्ठका सुपुत्र सनिल श्रेष्ठले दागवत्ती दिनुभएको हो ।

अन्त्येष्टिपूर्व काठमाडौं काँग्रेस वडा न १९का सभापति समेत रहेका नेता श्रेष्ठको शवलाई श्रद्धाञ्जलीका लागि विहान ९ बजेबाट महानगर वडा न १९ कार्यालयको प्राङ्गणमा राखिएको थियो । त्यसक्रममा वडाध्यक्ष श्रेष्ठलाइ अन्तिम श्रद्धाञ्जली दिन वडाका स्थानीय संगै काठमाडौं काँग्रेसका विभिन्न वडाका इकाइ सभापतिहरु , क्षेत्र र जिल्लाका नेतागण , काठमाडौं महानगरका विभिन्न वडाका उहाँका समकक्षी सञ्चारकर्मी तथा शुभ चिन्तकको उल्लेख्य उपस्थिती रहेको थियो । श्रद्धाञ्जली दिने क्रममा उहाँको पार्थिव शरीरमा काठमाडौं काँग्रेस ८ न क्षेत्रीय समिति र १९ वडा इकाइ समितको तर्फबाट पार्टीको झण्डा ओढाइएको थियो।

त्यसअवसरमा संघीय सासद मिभसेन दास प्रधान , काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य सोहि क्षेत्रका सासद जीवनराम श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ता समेतले उहाँप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको थियो । अन्तिम श्रद्धाञ्जलीपछि शवयात्रा सहित जनप्रिय वडाध्यक्ष स्व: शशीलाल श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंह, काठमाडौं काँग्रेसका सभापति सबुज बाँनिया लगायतका काँग्रेस नेतागणले श्रद्धाञ्जली दिनु भएको थियो ।