शुक्रबार, चैत्र १६, २०८०

महानगर वडा न १४ का घुस्याह जनप्रतिनिधी २ लाख घुस रकम सहित पक्राउ

काठमाडौं भाद्र २१,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका १४ नम्बर वडाका वडा सदस्य वसन्त महर्जन २ लाख रुपैयाँ घूस रकम सहित पक्राउ गरेको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा वडा सदस्य महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण–पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिने क्रममा सेवाग्राहीसँग घूस रकम लिएको र घुस लिइसके पछि कलंकी खसीबजारस्थित न्यू कान्तिपुर तन्दुरी भोजनालय वस्दै गरेको अवस्थामा महर्जनलाई पक्राउ गरेको उल्लेख गरिएको छ ।

त्यस्तै आयोगले घुस्याह जनप्रतिनिधीलाइ हिरासतमा लिएर थप अनुसन्धान शुरु गरिएको आयोगले जनाएको छ ।