शुक्रबार, बैशाख ७, २०८१

महानगरको समन्वयमा इन्द्रजात्रा व्यवस्थापनमा खटिनेहरुलाइ कोभिड विरुद्धको खोप

काठमाडौँ भाद्र २६,
काठमाडौँ महानगरपालिकाले नेपालको राष्ट्रिय पर्व इन्द्रजात्रा व्यवस्थापनमा खटिने ३ सय जनालाई काठमाडौँको मजिपाटस्थित लाखे ननीमा कोविड विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिएको छ । कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, कोविडको जोखिमलाई सामान्य नठान्न आग्रह गर्दै महामारीबाट आफू बचेर परम्परा बचाउने प्रयासका लागि खोप कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । साथै उहाँले थप अन्य स्वास्थ्य समाग्री समेत उपल्बध गराइने बताउनुभयो ।

त्यस्तै महानगरको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले, सचेतनाका लागि स्वास्थ्य शिविर सञ्चालन गरिने जानकारी दिनुभयो ।
यस बर्ष इन्द्रजात्राका कार्यक्रम सुरु भइसकेका छन् । यस क्रममा भाद्र २३ गते विहान १० बजेर ५२ मिनेटको साइतमा बनयात्रा सुरु गरिएको थियो । त्यसै दिन बेलुका ७ बजेर २७ मिनेटको साइतमा इन्द्रध्वजका रुपमा गाडिने लिङ्गोका लागि रुख काटिसकिएको छ ।

भाद्र २९ गते मंगलबार विहान १० बजेर ३४ मिनेटको साइतमा लिङ्गोलाई नगर प्रवेश गराइनेछ । असोज २ गते शनिबार विहान ६ बजेर ५१ मिनेटको साइतमा इन्द्रध्वज उत्थान हुनेछ । त्यसको भोलिपल्ट असोज ३ गते कुमारी रथयात्रा सुरु हुनेछ । त्यस दिन बसन्तपुरको तल्लो टोल र असोज ४ गते माथिल्लो टोलमा रथ यात्रा हुनेछ । ८ गते नानिचा यात्रा हुनेछ । त्यसैदिन राती १० बजेर ५६ मिनेटको साइतमा इन्द्रध्वज ढालिएसंगै वर्ष ०७८को इन्द्रजात्रा समापन हुनेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031