बुधबार, बैशाख १२, २०८१

मप बैठक : सीमा समस्या अध्ययन गर्न सहसचिवको संयोजक्तवमा समिति गठन

काठमाडौ भाद्र १६,
प्रधानमत्री शेरबहादुर देउवा नेतृत्व सरकारको आज बसेको मन्त्रीपरिषद बैकठले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजक्तवमा समिति गठन गरेको छ ।

गठित समितिको सदस्यमा नापी विभाग, नेपाल प्रहरी सशस्त्र प्रहरी बलका प्रतिनिधि र सीमा विज्ञ रहने कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै सरकारका प्रवक्ता कार्कीले बैठकले स्वीस सरकारको तर्फबाट प्राप्त हुने रु एक अर्ब ९३ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय संगै तत्कालीन सशस्त्र द्वन्द्व, ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनका घाइते अपाङ्गका लागि पुनःस्थापना एवं हेरचाह (दोस्रो संशोधन) निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय भएको बताउनुभयो ।

साथै बैठकले आर्थिक वर्ष ०७८/७९ को बजेट वक्तव्यमार्फत ३३ प्रतिशतले वृद्धि भएको सामाजिक सुरक्षाभत्ता र मासिक भत्ता कायम गर्ने निर्णय गनुको अलावा बैठकले उपसचिव कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीलाई प्रथम श्रेणीमा र सहसचिव राजकुमार श्रेष्ठलाई विशिष्ठ श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय गरेको छ भने माउन्ट के २ आरोहण गर्ने दावा तेञ्जिङ शेर्पासमेतको नेपाली पर्वतारोहीलाई सरकारले प्रोत्साहनस्वरुप प्रतिआरोही रु एक लाख रकम उपलब्ध गराउनुको साथै कोभिडविरुद्धको खोप क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय भएको बताउनभयो ।