मङ्लबार, बैशाख ११, २०८१

भारतका लागि पूर्वनेपाली राजदूत रुक्मशम्शेरको निधन , प्रम देउवाद्दारा श्रद्धासुमन व्यक्त

काठमाडौं भाद्र २६ ,
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव एवं भारतका लागि पूर्वनेपाली राजदूत रुक्मशम्शेर राणाको निधन भएको छ। उहाँको गए राति ८५ वर्षको उमेरमा आफ्नै निवास काठमाडौँको बत्तीसपुतलीमा निधन भएको हो । उहाँ मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो ।

यसैवीच प्रधानमन्त्री एवम् काग्रेसका सभापति शेर बहादुर देउवाले गए राति निधन भएका राणाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाका कान्छा छोरा राणाको बत्तीसपुतलीस्थित स्व राणाको निवास पुगेर उहाँको पार्थिव शरीरमा माल्यार्पण गरि पार्टीको झण्डा ओडाएर श्रद्धासुमन व्यक्त गर्नुभएको हो ।

राणालाई श्रद्धाञ्जली दिन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, उदयशमशेर राणालगायत उहाँको निवासमा पुग्नुभएको थियो । स्व : राणाका एक श्रीमती र एक छोरी हुनुहुन्छ । उहाँको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।