शुक्रबार, बैशाख १४, २०८१

भाद्र २३ गतेका लागि संघीय संसदका दुबै सदनको बैठक आह्वान

काठमाडौ भाद्र २०,
शनिवार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषद् बैठकबाट भएके निर्णयको जानकारी दिदै अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमाथिको छलफल सहित बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउने तयारी रहेको  जानकारी दिनुभयो ।

यसैवीच ​राष्ट्रपति विद्यादेवी भण्डारीले भाद्र २३ गते दिउँसो ४ बजेका लागि संघीय संसदका दुबै सदनको बैठक आह्वान गर्नुएको राष्ट्रपतिको कार्यालयले शनिवार जारी सूचनामा उल्लेख गरिएको छ।