बिहिबार, बैशाख १३, २०८१

बाढीपहिरो र डुबानमा परी १ सय १६ जनाको मृत्यु

काठमाडौ भाद्र १८, 

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि आजको मिति सम्म् १ सय १६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा ५३जना पुरुष, ३४ जना महिला, १३ जना बालक र १६ जना बालिका रहेको प्रहरीले जनाएको छ।

त्यस्तै बाढीपहिरो र डुबानमा परी यसवीचमा १ सय ३६ जना घाइते भएका छन् । तीमध्ये ६८ जना पुरुष, ३७ जना महिला, २० जना बालक र ११ जना बालिका रहेको जनाएको छ।

साथै बाढीपहिरोमा परी ३१ जना बेपत्ता भएको र तीमध्ये १९ जना पुरुष, ६ जना महिला, ५ जना बालक र १ जना बालिकारहेको प्रहरीले जनाएको छ।