बुधबार, बैशाख १२, २०८१

बागमती प्रदेशका मुख्यमन्त्री शाक्य अल्पमतमा, एकीकृत समाजवादी संसदीय दलको नेतामा पाण्डे

काठमाडौ भाद्र २७
नेकपा एमाले विभाजित भएर अस्तित्वमा आएको नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएसँगै एमाले नेतृ शाक्य नेतृत्वको सरकार अल्पमत परेको हो । नेकपा एकीकृत समाजवादी पार्टीले आइतबार प्रदेश सभा सचिवलाई शाक्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी गराएसँगै शाक्य नेतृत्वको एमालेको सरकार सख्यात्मक रुपमा अल्पमतमा परेको हो ।

एमालेका ५६ प्रदेश सभाका सदस्यमध्ये १३ जना नयाँ दर्ता भएको एकीकृत समाजवादी दल रोज्नुको अलावा एकीकृत समाजवादीको संसदीय दलको बैठकले दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गरेसंगै बैठकले अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारलाई समर्थन नरहेको निर्णयको जानकारी प्रदेश सभा सचिवालयलाई दिदै शाक्य नेतृत्वको सरकारलाई दुरगामी प्रभाव पार्ने निर्णय नगर्न भनेको छ ।