शुक्रबार, चैत्र १६, २०८०

प्रमुख प्रतिपक्षी दल एमालेको विरोधकै वीच आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित

राष्टियसभाबाट विनियोजन विधेयक पारित, पारित विधेयक प्रमाणीकरणपछि सङ्घीय सरकारी खर्चको व्यवधान खुला हुने

काठमाडौं असोज ७,
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकावीच पनि आज बसेको प्रतिनिधिसभा बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएको छ ।

आजको बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले शुरु गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारबाही अघि बढाउँदै अर्थमन्त्री जनार्दन शर्मालाई अर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पेश गर्न अनुमति दिएको हो । त्यसलगत्तै सभामुख सापकोटाले विधेयक निर्णयार्थ पनि पेश गर्दै प्रस्तुत दुइ विधेयक बहुमतले पारित भएको घोषणा गनुभएको हो ।

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएसंगै सरकारलाई बजेट खर्च गर्न र ऋण उठाउने मार्ग प्रसस्त भएको छ। साथै विधेयक पारित भएपछि प्रतिनिधिसभाको बैठक असोज ११ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

यसैवीच आजै बसेको राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक २०७८ पारित गरेको छ । बजेट पारित भएसँगै पारित विनियोजन विधेयकलाई ग्रहण गरी सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने संसद सचिवालय जनाएको छ । विधेयक प्रमाणीकरण भएपछि यसअघि रोककएको सङ्घीय सरकारी खर्चको व्यवधान खुला हुने भएको छ।